काठमाडौं, १ जेठ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाईनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारमा संलग्नलाई क्वारेन्टाईनमा राखिएको हो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । ...