काठमाडौं, १२ जेठ । पेट्रोलियम पदार्थको मुल्य वृद्वि भएसँगै पोखरामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।वृद्वि मुल्य फिर्ताको माग गर्दै पोखरामा डेढ दर्जन सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ ले जानकारी दिए । ...