काठमाडौं २९ चैत नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्र आउने कुनै सम्भावना नरहेको बताएका छन्। आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमुलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधि स्वीकार्य नरहने बताएका हुन्। उनले संवैधानिक ...