ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१८ दिन नबित्दै अछाममा अर्को भीषण आगलागी, साँफे हाटबजार भयो खरानी


एबीसी न्यूज
बैशाख १३, २०८२ शनिबार  १२ : २९ बजे

काठमाडौं १३ बैशाख । अछामको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १० पसल पूर्ण रूपमा ध्वस्त हुँदा ३ करोड ८६ लाख ६५ हजार बराबरको धनमाल नोक्सान भएको छ।

शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका(३ स्थित हाटबजारमा विद्युत् सर्ट भएर सुरु भएको आगो करिब ६ बजे निभाइएको थियो।

जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर आगो थप सल्किनबाट रोकिएको थियो।

मंगलसेन नगरपालिकासंग एउटा दमकल छ। भएको दमकम पनि बिग्रिएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयलको सहायतामा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

आगलागीका कारण किराना, कपडा, मोबाइल, फलफूललगायत पसल खरानी भएका छन्।

यसअघि चैत २६ गते मात्र अछामकै जयगढ बजारमा आगलागीले ३५ वटा पसल ध्वस्त भएका थिए। जसबाट ८ करोडभन्दा बढीको क्षति भएको थियो।

करोडौँको क्षति र १२ भन्दा बढी परिवारको उठीवास हुने गरी जयगढ आगलागी भएको दुई सातामै अछाममा अर्को ठूलो आगलागी भएको हो।

पर्याप्त दमकल नहुँदा र भएका पनि चालु अवस्थामा नहुँदा आगो नियन्त्रणमा लिन झनै समस्या हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com