ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामेछाप र अछाममा आगलागी : दुई जना घाइते, घर/पसल जले


एबीसी न्यूज
बैशाख १३, २०८२ शनिबार   १२ : ०९   बजे

काठमाडौं १३ बैशाख । रामेछाप र अछाममा आगलागी भएको छ । रामेछापको मन्थली नगरपालिका–११ गजपानीमा दुई वटा घर जलेर नष्ट भएका छन् ।

फष्टबहादुर श्रेष्ठका दुई वटा घर जलेको र आगो निभाउने क्रममा घरधनी फष्टबहादुर र छिमेकी बुद्धीबहादुर श्रेष्ठ घाइते हुनुभएको वडाअध्यक्ष भिमबहादुर थापामगरले जानकारी दिनुभयो । घाइतेको मन्थलीमा उपचार भइरहेको छ ।

गएराति साढे ९ बजेतिर घरमा आगो सल्किएपछि स्थानियबासीले निभाउने प्रयास गरेका थिए । पछि प्रहरी चौकी खिम्ती र फुलासीको पोखरीडाँडा प्रहरी चौकीबाट गएको टोली मिलेर आगो निभाइएको थियो ।

आगालागीबाट घरमा रहेको नगद साढे ६ लाख, सुनचाँदी र अन्नपातरलत्ताकपडा जलेर नष्ट भएको प्रहरीको भनाइ छ । घरको भुइँ तलामा बाँधिएका २५ वटा खसीबाख्रा समेत मरेका छन् ।

त्यस्तै अछामको साँफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी भएको र १० वटा पसल जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय प्रेम खड्काले सञ्चालन गरेको मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगो निभाइएको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group