लहान, २९ फागुन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने २५५ जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ । बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्ने अभियानअन्तर्गत रु ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटेको हो । ...