काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले राईको ११ हजार ७३० मतभार प्राप्त गरिन्।
कूल खसेको मतभार ५१ हजार ४८२ थियो। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेबाट मतगणना सुरु भएर डेढ घण्टाभित्र नै मतपरिणाम आएको हो। दिउँसो ३ बजेसम्म राष्ट्रपति निर्वाचनमा ८६२ जनाले मतदान गरेका थिए। संघको २५ हजार ७५४ र प्रदेशको ३० हजार ७२८ मतभार खसेको छ।
जम्मा ५१ हजार ४८२ मतभार खसेको छ। निर्वाचनमा वामगठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई उम्मेदवार रहेका थिए। राष्ट्रपति निर्वाचनमा संघ तर्फ तीन र प्रदेशतर्फ ५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्