काठमाडौं, २९ फागुन । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । भण्डारीले ३९ हजार २७५ मतभार पाउनुभयो भने कुमारी लक्ष्मी राईले ११७३० मतभार पाउनुभयो ।
राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसका कुमारी लक्ष्मी राई चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्