कृष्णनगर, २ मङ्सिर । कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् । दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खान दिए खान्छन् नत्र त्यसै बसिरहन्छन् ...