ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक पेशा छाडेर यसरी लागे शर्मा तरकारीखेतीमा


admin
मंसिर २, २०७५ आईतबार  १२ : ०७ बजे

 सुर्खेत, २ मङ्सिर । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट हुनुहुन्छ । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उहाँलाई गर्व लागेको छ ।

विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक हुनुहुन्थ्यो । पछि त्यो पेशालाई छाडेर उहाँ तरकारीखेती गर्न लाग्नुभयो । शुरुमा उहाँले काँक्रा फलाउनुभयो र स्थानीय बजारमा लिएर रु पाँचदेखि १० मा बिक्री गर्न थाल्नुभयो । यो देखेर उहाँका साथीसङ्गी अचम्मित भए ।

शिक्षक जागिर छाडेर कृषि गर्न लागेका शर्मालाई त्यतिबेला गाउँलेसमेतले पागल बनाए । यद्यपि गाउँलेको भनाइका पछि उहाँ कहिल्यै लाग्नुभएन ।

काँक्रो फलाएर तरकारीखेती शुरु गरेका शर्मा भने यतिबेला सबैका प्रेरणाका स्रोत बन्नुभएको छ । हिजो पागल बनाउने गाउँले आजभोलि उहाँकै बारीमा आएर ताजा तरकारी किन्छन् र भन्छन्, “अहिले तपाईंको तरकारीखेती र श्रम देखेर हामी पागल हुन्छौँ”, शर्माले गोलभेडा, काउली, बन्दा, काँक्रा, प्याजलगायतका तरकारी फलाउँदै आउनुभएको छ ।

“करीब २२ वर्षदेखि तरकारी नै बेच्छु”, उहाँले भन्नुभयो, “आफ्नो खर्च कटाएर मासिक रु ४० देखि ५० हजार आम्दानी गर्छु ।” “नेपालमा सबैभन्दा स्वाभिमान पेशा हो भने, त्यो कृषि नै हो”, उहाँले थप्नुभयो, “जहाँ किसान स्वयंले उत्पादित वस्तुको मूल्य निर्धारण गरेर अरुलाई बेच्छ । आफँैले चाहेको ताजा तरकारी खान्छ र सधैँ श्रमशील जीवनसँगै कृषि पाठशालामा रमाएर स्वच्छ खाना, हावापानीको प्रयोग गर्दछ ।”

लेकबँेसी नगरपालिकाका अगुवा कृषकका रुपमा मानिने शर्माले दुई रोपनी जमीनमा तरकारी खेती गर्नुहुन्छ । उहाँको त्यही व्यवसायको सहयोगले परिवारका छ सदस्यमा एक छोरा नेपाल प्रहरी र अर्को नेपाली सेनामा जागिर भए भने दुवै बुहारी स्नातक तहमा अध्ययनरत छन् । बाह्रै महीना सडक सञ्चालन नहुँदा लेकबेँसीका कृषकको उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको उहाँको भनाइ थियो ।

दाम, नाम र माम दिलाउने कृषि पेशा नेपालमा कमजोर दृष्टिले हेरिनु दुर्भाग्य भएको उहाँले प्रतिक्रिया दिनुभयो । शर्मा भन्नुहुन्छ, “खाडी मुलुकमा हाम्रा युवा ५०÷५५ डिग्री सेन्टिग्रेडको ताप र चापमा काम गर्दा ठूलो ठान्छन् तर आफ्नै देशमा पसिना चुहाएर कृषि व्यवसाय गर्न लाज मान्छन् ।” आफ्नो देश, श्रम र पेशालाई सम्मान गर्न नसकेकै कारण नेपाल र नेपाली पछि परेको उहाँले गतिलो जवाफ दिनुभयो ।

रासससँग कुरा गर्दै शर्माले नेपालको कृषि नीति किसानमैत्री नभएको गुनासो गर्नुभयो । राजनीतिक स्वार्थका कारण उत्पादनमा कमी आएको आरोप लगाउँदै कृषिमा प्राविधिक ज्ञान र व्यवहारिक तालिम नभए यसको क्रान्ति कुरामा मात्र सीमित हुने उहाँको बुझाइ छ ।

समृद्धि कृषि सहकारी संस्था लिमिटेड सुर्खेतको संस्थापक उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका शर्माले आजभोलि गाउँका किसानलाई तरकारीखेती गर्ने विधि, बीउबिजनको गुणस्तर छनोट, रोग किरा नियन्त्रण, जैविक विषादी निर्माण तथा उत्पादनका विषयमा पनि किसानलाई सिकाउँदै आउनुभएको छ । लेकँबेसी नगरपालिकालाई तरकारी पकेट क्षेत्रका रूपमा घोषणा गर्न उहाँले प्रदेश सरकारलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com