ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक


admin
मंसिर २, २०७५ आईतबार  १ : ०८ बजे

 कृष्णनगर, २ मङ्सिर । कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।

दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खान दिए खान्छन् नत्र त्यसै बसिरहन्छन् । उनलाई उनकै परिवारले साङ्लोमा बाँधेर राखेको हो । विसं २०५९ वैशाख ४ गते बुबा सुकुरुल्लाह दर्जीलाई अज्ञात समूहले हत्या गरेपछि बुबाको शव देखेर जमिरुल्लाहको मानसिक सन्तुलन बिग्रिएको हो । करीब १५ वर्षदेखि उनी यस्तो अवस्थामा छन् ।

बुबाको निधनपश्चात ६५ वर्षीय आमा नुरैनाले उनलाई फलामे साङ्लोले घरको आगाडि बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ ।

एउटा खुट्टामा फलामे सिक्रीले बाँधिएका जमिरुल्लाहलाई उनकी आमा र भाइ हविबुल्लाहले अहिले हेरचाह गरिरहेका छन् । ‘आफूले सकिने हेरचाह गरेका छौँ, कहिलेकाहीँ त घरबाट समेत भाग्ने गरेकोले कठिनाइ भएको छ’, भाइ हविबुल्लाहले बताउनुभयो ।

करीब एक लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको छ । ‘दाजुको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि विभिन्न अस्पाताल तथा धामीझाँक्रीलाई देखायौँ तर पनि सञ्चो नभएपछि फलामे सिक्रीले बाँधेर राखिएको हो’, भाइ हविबुल्लाहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com