काठमाडौं, १९ भदौ । मुलुकमा विज्ञान प्रविधिमैत्री उत्पादनमूलक शिक्षा नीतिको खांचो भएको विज्ञहरुले बताएका छन ।
एबीसी टेलिभिजको ११ औ वर्ष पुरा गरेको अवसरमा आयोजित विकास वर्ष २०७६ अन्र्तरगत विकासमा विज्ञान र प्रविधि विषयक अन्र्तरसंवाद कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा विज्ञहरुले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको भन्दै प्रविधिमा जोड दिएका छन । शैक्षिक जनशक्ति पलायन बढ्दै गएकोले आन्तरिक रोजगारीका लागि शिक्षामा पुर्नविचार गर्न सुझाएका हुन् ।
विकासको लागि विज्ञान प्रविधिमा सरकारी लगानी निकै न्यून भएकोले लगानी बढाउनुपर्ने बताएका छन् । वर्तमान शिक्षा खस्कदो र गुणस्तरहिन रहेको बताउदै विज्ञहरुले शिक्षा सुधार गर्न निति कार्यान्वयन अनिवार्य रहेको दावी गरेका छन । नितिले नै शिक्षामा फडको मार्न हुदा निीति कार्यान्वयन आजको आवश्यता रहेको विज्ञहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्