ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२२ मा मध्यमस्तर र २०३० मा विकसित मुलुक बनाउने राज्यको संकल्प (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । सरकारले आगामी ५ वर्षमा भित्रमा स्वास्थ्यका क्षेत्रमा तिव्र विकास गर्ने सरकारी लक्ष्य छ। सरकारी लक्ष्य अनुसार भएपनि स्वास्थ्य क्षेत्रको सुधार अझै अपेक्षाकृत छैन ।

यद्यपी अन्य क्षेत्रको तुलनामा स्वाथ्य क्षेत्रमा धेरै सुधारका काम नभएका पनि होइनन् । तर दुर्गम क्षेत्र अझै आधारभूत स्वास्थ्य सेवा पाउनबाट बिमुख छ । स्वास्थ्य क्षेत्रमा समष्टिगतरुपमा प्रगति देखिएपनि दुर्गम क्षेत्रहरु सामान्य जीवनजल र सिटामल पाउन मुश्किल छ । नागरिकलाई आधारभूत सेवा दिनका लागि आवस्यक पूर्वाधार जनशक्ति अपूरो छ ।

अपुरो श्रोत साधनसंगै स्वास्थ्य शिक्षामा समेत पर्याप्त पहुंच पुग्न सकेको छैन । नेपालमा भौगोलिक विकटता, उच्च जनसंख्याको अभाव, अशिक्षा र पछौटेपनको परिप्रेक्ष्यमा लक्षित समुदायमा अत्यावश्यक स्वास्थ्य सेवाको समानुपातिक वितरण गर्न राज्य संयन्त्रहरु अझै प्रभावकारी बन्न सकेका छैनन् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा स्थापति गर्दै प्रत्येक नागरिकलाई राज्यबाट आभारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र आकस्मिक सेवाबाट बञ्चित नगरिने उल्लेख गरिएको छ तर विकट ग्रामीण भेगका महिला सुत्केरी हुनका लागि अस्पताल जाँदै गर्दा बाटोमै मृत्युको सामना गर्नु परिरहेको स्थिती छ । स्वास्थ्य सेवाको विकासमा स्थानीय समुदाय स्तरसम्म संस्थागत विकास भए तापनि जनशक्ति विकास तथा सेवाको पहुचमा राम्रो सुधारमा अझै चित्त बुझाउने अवस्था छैन । भौगोलिक कठिनाइसंर्गै दुर्गम क्षेत्रमा नियमित रूपमा जनशक्ति, औषधी, औजार र उपकरण आपूर्तिका समस्या जल्दाबल्दा छन् । स्वास्थ्य नीति फराकिलो भएपनि कार्यान्वयन पक्ष फितलो हुदा स्वास्थ्यमा अझै राज्य खट्नै पर्छ । स्वास्थ्य क्षेत्रको संरचनागत नीतिगत तथा कार्यक्रमको पुर्नसमिक्षा गर्दै नयां सोचको साथ गुणस्तरीय सेवाको मूल्यांकन अनुगमनको प्रभावकारिता अझै खांचो छ ।

नीतिगत अभ्यासको इतिहास लामो छ, लामो अभ्यासमा स्वास्थ्य क्षेत्रमा केही परिवर्तनका रेखा देखिएका छन् । स्वास्थ्य क्षेत्रमा नेपालले गरेको प्रगतिले पुरस्कृत समेत भएको थियो । यो सुखद विषय हो । मुख्यगरि संयुक्त राष्ट्र संघले अघि सारेको दीगो विकास लक्ष्यका लागि तोकिएका इन्डिकेटर पुरा गर्ने दौडमा नेपाल छ ।

सन २०३० सम्ममा तोकिएका इन्डिकेटर पुरा गर्नुको विकल्प छैन । सन २०२२ मा मध्यमस्तर र सन २०३० मा विकसित मुलुक बनाउने राज्यको संकल्प छ। संकल्प भेटाउन स्वस्थ नागरिक निर्माण गर्नुपर्छ त्यसका लागि विद्यमान स्वास्थ्य संरचना र अभ्यासले मात्रै पर्याप्त छैन ।विद्यमान नीति रणनीतिको सही कार्यान्वयन गर्न अझै राज्यले दायित्व र दायरा बढाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धीलाई अब दोब्बरल बढाउदै मुख्यतया आमा र बच्चामुखी स्वास्थ्य कार्यक्रमलाई दुरदराजमा पुराउन संयन्त्रको विकास पनि गर्न आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

डोनाल्ड ट्रम्प भन्छन् : उनले आफ्नो शत्रु सार्वजनिक गर्नेछन्, नागरिकहरू विरुद्ध  सैनिकहरूले राजनीतिको खेल खेल्छन्।

ईरानी आणविक वा तेल केन्द्रहरूमा नभई सैन्य केन्द्रहरूमा आक्रमण गर्न नेतान्यहूले अमेरिकासँग अनुमति मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com