ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ– मन्त्री राई


एबीसी न्यूज
भाद्र १५, २०७६ आईतबार  १ : २६ बजे

काठमाडौं, १५ भदौ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भन्नुभयो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पु¥याएको भए यस्तो दुखःद अवस्था शायद आउने थिएन”, मन्त्री राईले भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकाले सो समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाइने बताउनुभयो । नेपालगन्ज निवासी मन्त्री राईले नेपालगन्जको विकासमा आपूmले चुनावका बेला गरेको वाचा र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएको बताउँदै विकासमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन दिएको छैन भन्नुभयो ।

नेपालगन्जस्थित भेरी अस्पतालको स्तरोन्नति, कान्ति ताल, वाटर पार्कको, प्रसिद्ध बागेश्वरी मन्दिर, बहुउद्देश्यीय सभागृह, सडक, पुल तथा पुलेसा निर्माण र जीर्णोद्धारका साथै सामाजिक विकासमा आप्mनो मन्त्रालयबाट काम भइरहेको उहाँले बताउनुभयो । अर्को एक प्रश्नको जवाफमा मन्त्री राईले भन्नुभयो, “म कुनै धर्म, जातिको मन्त्री होइन, सबै नेपालीको मन्त्री हूँ, कसैले धर्म र जातिका आधारमा मलाई विवादमा ल्याउन खोज्छ भने त्यस्ता पक्षसँग सबै सावधान हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com