ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रचनात्मक टिप्पणी कहिले पनि अदालतको अवहेलनाभित्र पर्दैन– सभापति पोखरेल


एबीसी न्यूज

काठमाडौं, १३ भदौ । सर्वोच्च अदालतबाट एनसेल लगायतका विषयमा आएको निर्णयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेल प्रकरणमा अदालबाट कर नै निर्धारण गरेको पाइएको हुुँदा यस विषयमा सभापतिको ध्यानाकर्षण होस् भन्नुुभयो ।

उहाँले भन्नुुभयो, “समितिमा यस्ता कुरा उठाउन पाइने हो कि होइन, तर यस विषयमा समिति गम्भीर हुनुुपर्छ । अदालतले नै कर निर्धारण गर्दा गलत अभ्यास स्थापित हुने हो कि सभापतिज्युु, यसमा चासो राख्नु प¥यो, सीमा के हो रु”अदालतबाट भइरहेका फैसलामा एकरूपता नभएको हो वा एकै प्रकृतिका मुद्दामा फरक फरक आदेश आएको भन्ने कोणबाट बैठकमा सदस्यले जिज्ञासा राख्नुुभएको थियो ।

अदालतको निगरानी गर्ने एवं आदेशमाथि प्रतिक्रिया जनाउने कार्य शक्तिपृथकीकरणको सिद्धान्त विपरित हुन्छ, कानूनको व्याख्या गर्ने अन्तिम निकाय भनेको अदालत नै हो भन्नेमा समिति पूर्ण सचेत रहेको बताउँदै समितिका सभापति कृष्णभक्त पोखरेलले भन्नुुभयो, “यद्यपि अदालतसँग जोडेर जनताले गरेका जिज्ञासा र सरोकारका विषयलाई भने गम्भीरतापूर्वक लिएर आगामी बैठकमा छलफल गरिने छ ।”

कानून, न्याय तथा मानवअधिकार समिति हुनुुको नाताले समितिको क्षेत्राधिकारभित्र उठेका विषयलाई गम्भीर चासोका रूपमा समितिले हेर्नुुपर्ने सदस्यहरुको सल्लाह रह्यो । समग्र न्यायका विषय संविधान अनुकूल र जनताको पक्षमा भएको छ कि छैन, न्यायको अनुुभूति जनताले गरेका छन् वा छैनन् भन्ने विषयमा संसदीय समितिमा हुने छलफल नै सुधारका लागि प्रयाप्त हुने र थप निर्देशन नै दिइरहनु नपर्ने समितिको ठम्याइ छ ।

स्वतन्त्र न्यायपालिकालाई कमजोर पार्ने किसिमबाट संसद् र संसदीय समितिमा कुनै छलफल नहुने भएकाले रचनात्मक टिप्पणी कहिले पनि अदालतको अवहेलनाभित्र पर्दैन भन्दै सभापति पोखरेलले संसद् र ससदीय समितिमा चासो लिएर अध्ययन भइरहेको विषयले अदालतलाई बलियो बनाउने तर्क गर्नुुभयो ।

बैठकपछि राससको जिज्ञासामा उहाँ भन्नुहुुभयो, “तर रचनात्मक सुुझाव दिँदा अदालतले आफूलाई कमजोर भएको महसूुस गर्न हुुन्न, बलियो हुन सहयोग पुुगेको अनुुभूति गर्नुपर्छ ।” समितिले प्रमाण ऐन, २०३१ मा नेपाल सरकारले ल्याएको संशोधनमा राष्ट्रियसभाले दिएको सुुझावसमेतलाई आधार बनाएर संविधान, नजीर र अन्तर्राष्ट्रिय नवीनतम अभ्यास अनुकूल रहे नरहेको विषयमा गम्भीरतापूर्वक अध्ययन गर्ने जानकारी दिएको छ ।

“राष्ट्रिय सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्ने र दृष्टिकोण बनाएर कसरी अघि बढने भन्ने विषयमा आगामी बैठकमा छलफल गरौँ, हामी सबैलाई मनमा लागि रहेको विषय सांसद गौतमले प्रतिनिधिपात्रको रूपमा धारणा राख्नुुभएको हो”, सभापति पोखरेलले भन्नुुभयो । खासगरी मृत्युुकालीन घोषणा, अदालतले अनुमान गर्ने, अदालत आफैँले जानकारी लिन पाउने जस्ता विषयमा के कस्तो समयसापेक्ष सुधार गर्ने भन्नेबारेमा आगामी दिनमा बृहत् छलफल गरिने छ । अदालतको फैसला अध्ययन गर्न सकिन्छ, न्याय व्यवस्था कस्तो छ भन्ने विषय समितिको कार्यक्षेत्र भित्र नै भएकोले भइरहेको फैसलाका सम्बन्धमा दृष्टिकोण बनाउन जानकारी लिने विषयलाई संविधान र कानूनले कहीँ कतै नरोकेको उहाँले प्रष्ट पार्नुुभयो ।

कारागारभित्र रहेको मानवअधिकारको अवस्थाको निगरानी कार्यको निकट भविष्यमै शुरुआत गर्ने पनि समितिले जनाएको छ । यसअघि बैठकमा समितिका सदस्य देवप्रसाद गुरुङ र लक्ष्मणलाल कर्णले एनसेलसम्बन्धी विषय र कारागारभित्र रहेको मानवअधिकारको अवस्थाबारे समितिमा गहन छलफल गरी एउटै धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com