ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजेरियामा ७ महिनामा १४ सय मारिए


एबीसी न्यूज

अबुजा, १३ भदौ । नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ ।

यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा भएको सुरक्षाफौजको बैठकमा विगतमा निकै शान्त रहेको यस क्षेत्रमा सुरक्षा खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको थियो ।

नाइजेरियाका मुख्यसचिव अमिना शामाकीले जुनदेखि जुलाईको अवधिमा हिंसात्मक आक्रमणका घटनामा भने सामान्य कमी आएको बताउनुभयो । खासगरी, जाम्फारा राज्यमा सशस्त्र डाकु समूहका गतिविधि र पशुपक्षीको चोरीका घटनामा कमी आएको छ । जाम्फारा राज्यमा सशस्त्र डकैतीका घटनामा कमी आएपनि मुलुकका अन्य भागमा अपहरण समेतका घटनामा निकै वृद्धि भएको छ ।सिन्ह्वाका अनुसार गत शुक्रबार यतामात्र नाइजेरियामा कम्तीमा चारवटा अपहरणका घटना भएका छन् भने करिब ३० जनालाई सशस्त्र समूहले बन्धक बनाएका छन् ।

मुख्यसचिव शामाकीले भन्नुभयो – अर्को चिन्ताजनक कुरा खुला सिमानाको हो । खुला सीमाबाट साना हतियार सहजै भित्रिने गर्दा हिंसात्मक घटनामा वृद्धि भएको छ । नाइजेरियासँग सीमा जोडिएका युद्धग्रस्त मुलुकहरुबाट हातहतियारका साथै आतंकवाद, सीमापार अपराध, मानवतस्करी, अवैध आप्रवासन समेतका घटना भइरहेका छन् ।

उहाँले नाइजेरियाको संघीय सरकारले यी चुनौतीलाई विशेष ध्यानमा राखी सीमा सुरक्षालाई व्यवस्थित तुल्याउन पहल गरिरहेको जानकारी दिनुभयो । सुरक्षा व्यवस्था सुदृढ गर्न संयुक्त सुरक्षा फौज तत्कालै गठन गर्ने र आगामी अक्टोबरबाट देशव्यापी परिचालन गर्ने योजना नाइजेरिया सरकारले अघि सारेको छ । यसबाट आपराधिक समूहका गतिविधिसम्बन्धी गोप्य सूचना संग्रह गर्न र तत्काल कारबाही गर्न मद्दत पुग्ने मुख्यसचिव शामाकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com