ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करदाताले परिचयपत्र अनिवार्य लिनुपर्ने– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज

काठमाडौं, १३ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो । उहाँले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नागरिकता दिंदा सरकारले कर लिएको छ र तपाईहरु संग ? प्यान लिंदा पनि त्यही हो । प्यान लिए वापत कर तिर्नुपर्ने कुरा त होइन नि । करदाता परिचयपत्र हो ।”

उहाँले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पार्नुभयो । उहाँले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मुल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताउनुभयो । उहाँले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रबैकले तिब्बत तर्फबाट हुने आयातमा जति मुल्य सटही दिने भन्छ त्यत्तिनै भन्सारमा विगो कायम हुन्छ । २५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ । ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ । दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस् ? समस्या त्यहाँ छ । ”

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीति क्षेत्रका लागि मान्य नहुने बताउनुभयो । उहाँले ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाउँदा दैनीक उपभोग्य वस्तुको मुल्य बढ्ने भएकाले आम उपभोक्तालाई प्रत्यक्ष असर परेकाले मुल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योगीहरुले कर सम्बन्धी सरकारले ल्याएको नया व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com