काठमाडौं, १३ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुडान घोटालाका आरोपी शम्भु भारतीलाई पक्राउ गरेको छ ।
ललितपुरको भैंसेपाटीबाट भारतीलाई पक्राउ गरेको हो । भारतीलाई सर्वोच्च अदालत बुझाउने तयारी भइरहेको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी दिपक रेग्मीले बताउनुभयो । सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानबिनपछि अख्तियारले कुल २८ करोड ८१ लाख रुपैया“ माग दाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०६८ साल जेठ २४ मा तीन प्रहरी पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरी, ओमविक्रम राणा र हेमबहादुर गुरुङसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्युर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्