अमेरीका, १० भदौ । अमेरीका अदालतले औषधी निर्माता कम्पनी जनसन एण्ड जनसन ओपि योड को लत लाग्ने सङ्कट निम्त्याउन दोषी रहेकोठहर गरेको छ ।
अमेरिकी न्यायाधीशले ५७ करोड ७२ लाख डलर तिर्नुपर्ने आदेश गरेका हुन् । अदालतबाट निर्णय आउने बित्तिकै कम्पनीले त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ । ओपियोड निर्माता र वितरक विरुद्ध लगाइएको हजारौं मुद्दा मध्ये सुनुवाइमा गएको यो पहिलो मुद्दा हो । न्यायाधीश थाड बाल्क म्यानले जनसन एण्ड जनसनले उसको दुखाइ रोक्ने औषधीको भ्रामक प्रचार प्रसार मार्फत् सर्वसाधारण लाई ओपियोडको कुलतमा फसाउन जिम्मेवार भएको बताएका हुन् ।
उनले आदेशमा ओपियोड सङ्कट ओक्लाहो मा बासीका लागि संघारमै रहेको खतरा भएको बताएका छन् । उनले जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्