ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामकरण र राजधानीका लागि नाम दर्ता


एबीसी न्यूज
भाद्र ५, २०७६ बिहीबार  ७ : २५ बजे

काठमाडौं, ५  भदौ  । प्रदेश नं २ को नामकरण र राजधानीका लागि प्रदेशसभा सचिवालयमा विभिन्न नाम दर्ता गरिएको छ ।

मधेश प्रदेश, जानकी प्रदेश, मिथिला–भोजपुरा र मध्य प्रदेश नामको प्रस्ताव विभिन्न दल र दलको निर्णयप्रति असहमति राख्ने प्रदेशसभा सदस्यले आज सचिवालयमा दर्ता गराएका हुन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा मधेश प्रदेशको नामको प्रस्ताव दर्ता गराएको छ भने नेकपाले जानकी प्रदेश र नेपाली काङ्गेसले मिथिला–भोजपुरा नामको प्रस्ताव दर्ता गराएका छन् । त्यस्तै प्रदेशको राजधानीको नामकरण गर्न विभिन्न नाम गर्दा भएको छ ।

सचिवालयका अनुसार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा जनकपुरधाम परिक्रमा क्षेत्रसहित ढल्केवर, कमलाहुँदै सीमावर्ती क्षेत्रसम्म, नेकपाले परिक्रमा क्षेत्रसहित धनुषा जिल्ला र नेपाली काङ्गे्रसले जनकपुरधाम नाम दर्ता गराएको छ । समाजवादी पार्टी नेपालका सात प्रदेशसभा सदस्यले पार्टीले दर्ता गराएको प्रस्तावप्रति असहमति राख्दै वीरगञ्जको नाम प्रस्ताव दर्ता गराएका छन् । सो दलका प्रदेशसभा सदस्य सिंहासन कलावार, करिमा बेगम, जन्नत अन्सारी, अञ्जु यादव, भीमा यादव, रागिनी देवी वर्णवाल र प्रह्लाद गिरी गोस्वामीले वीरगञ्जको नाम दर्ता गराएका छन् ।

त्यस्तै काङ्गे्रसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, शङ्करप्रसाद चौधरी, असिया देवी र ओम शर्माले दलले सिफारिस गरेको प्रदेशको नाम र राजधानीको प्रस्तावप्रति असहमति राख्दै मध्य मधेश र वीरगञ्जको नाम दर्ता गराएका छन् । प्रदेशसभामा नेकपाको ३२, समाजवादी पार्टी नेपालको ३०, राष्ट्रिय जनता दलको २५, नेपाली काङ्गे्रसको १९ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com