ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड


एबीसी न्यूज

कञ्चनपुर, १ भाद्र । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन् ।

पश्चिमी नाकामा गडडाचौकीमा पर्यटकलाई हार्दिक स्वागतसहितको ठूलो प्रचार सामग्रीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको झोलुङ्गे पुल, रौटेला, विष्णु मन्दिर धाम, झिलमिलालगायतका पर्यटकीयस्थलमा प्रचार सामग्री राखिएका छन् ।

पर्यटकलाई पर्यटकीयस्थलबारे सहजरूपमा जानकारी गराउन र गन्तव्यमा सहजरूपमा पुग्नका लागि प्रचार सामग्री राखेका छौँ, नगरप्रमुख सुरेन्द्रबहादुर विष्टले भन्नुभयो, “ती प्रचार सामग्रीमा पर्यटकीयस्थलको नाम, विशेषतालगायतका जानकारी दिएका छौँ ।”

नेपाल भ्रमण वर्षको प्रचार–प्रसार र पूर्वाधार निर्माणकार्य अगाडि बढाइएपछि पर्यटक बढ्ने अपेक्षा गरिएको उहाँले राससलाई बताउनुभयो । नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन २०१९ लाई पर्यटन र पूर्वाधार वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।
नेपाल भ्रमण वर्ष सफल बनाउन गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन गरिएको महोत्सवमा दुई हजार पर्यटकले शुक्लाफाँटा निकुञ्ज भ्रमण गरेका थिए । यो सङ्ख्या निकुञ्जकै इतिहासमा अहिलेसम्मकै ठूलो हो ।

बाह्रसिङ्गको झुण्डले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटनका क्षेत्रमा खुला विश्वविद्यालयका रुपमा विकास गर्न सकिन्छ । निकुञ्जको प्रचार–प्रसारका लागि भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकसमेत निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा बसेको थियो । भीमदत्त नगरपालिकाले झोलुङ्गे पुलदेखि बागफाँटासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटनमार्ग निर्माणकार्य शुरु गरिएको छ । यो मार्ग निर्माण भएपछि किनारका पर्यटकहरुले झोलुङ्गे पुल, हात्तीसार, गोहीको अवलोकन गर्न सक्नेछन् ।

भीमदत्त नगरपालिका–९ मा पर्ने झिलमिला तालसम्म जान पक्की सडक निर्माण गरिएको छ । पर्यटकहरुले ताराकोटसम्म गाडीमा त्यहाँबाट झण्डै एक किलोमिटर टाढा तालसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । ताराकोटमा पिकनिक स्पट बनाउने नगरपालिकाको योजना छ । ब्रह्मदेवदेखि झिलमिलासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

नगरपालिकाका उत्तरी क्षेत्रका धार्मिक पर्यटकीयस्थललाई एकापसमा जोड्न धार्मिक पर्यटनमार्ग निर्माण गरिएको छ । रौटेलादेखि ब्रह्मेदवसम्म निर्माण गरिएको २२ मिटर चौडा सडकबाट रौटेला, विष्णु मन्दिर धाम, भम्केनी, ब्रह्मदेवको सिद्धनाथ मन्दिरलाई एकापसमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com