काठमाडौं, २९ साउन । स्लामिक गणतन्त्र पाकिस्तानले विभिन्न कार्यक्रम गरी आज आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासले ७३ औं स्वतन्त्रता दिवसको अवसर पारेर आज विशेष कार्यक्रम गरेको छ । दिवसको अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत जाबेद मजरले पाकिस्तानको राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो । पाकिस्तानले भारतबाट स्वतन्त्रता पाएको दिनको स्मरण गर्दै दूतावासमा आयोजित समारोहमा झन्डा फहराइएको हो । समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले झन्डा फहराउँदै पाकिस्तानको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
त्यसैगरी दुताबासमा आयोजित कार्यक्रममा पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी तथा प्रधानमन्त्री इमरान खानले स्वतन्त्रता दिवसको अवसरमा पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । शुभकामना सन्देशमा पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाईचाराको कामना गरिएको थियो । ७३ बर्ष अगाडि तात्कालिन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ । समारोहमा नेपालमा रहेका पाकिस्तानका नागरिक, कूटनीतिज्ञ, बुद्धिजीवी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्