काठमाडौँ, २७ साउन । भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडाई गरेका छन् ।
भारतप्रशासित कश्मीरको मुख्य सहर श्रीनगर फेरि पुर्ण रुपमा बन्द छ । गत दुई दिनयता कर्फ्यू खुकुलो पारिएको पारिएको भएपनि अहिले कुनै कारण उल्लेख नगरीकन कडाई गरिएको छ । आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन् । मुसलमानको बाहुल्य भएको जम्मू कश्मीर क्षेत्रमा खटाइएका दशौं हजार सुरक्षाकर्मीहरू गस्तीमा छन् । फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ । यस्तो वातावरणमा आज ईद कसरी मनाउने भन्ने प्रश्न उठेको छ ।
जम्मू कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वले भारतप्रशासित कश्मीरको अवस्थाको निगरानी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्