ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रिय राजधानी देखि देशैभरको सडक तथा पुल अवस्था दिन प्रति दिन जिर्ण बन्दै (भिडियोसहित)


एबीसी न्यूज
श्रावण २७, २०७६ सोमबार  ११ : ५७ बजे

 

काठमाडौँ, २७ साउन । बिभिन्न कारणले क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । समितीले क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणका लागि केन्द्र प्रदेश र स्थानियले एकले अर्काेलाई देखाएर निमार्णबाट नियम निकाय पन्छिन खोजेको आरोप लगाएको हो ।

वषौ पुराना सडक तथा पुलहरु मर्मत तथा सम्हारमा नियमन निकायले ध्यान नजादा जिर्ण बन्दै गएका छन । लामो समयदेखि जिर्ण अवस्थामा रहेका सडक तथा पुलहरुको जिर्णाेदार तथा पुन निमार्ण हुन सक्दा त्यसैबाट मानविय क्षतीको सम्भावना बढ्दो छ । एक पटक बनिसेकपछि त्यसको अनुगमन र सम्हार नहुदा देशभरका धेरै पुर्वाधारहरु जोखिम पुर्ण बन्दै गएका छन ।

देशैभरका पुलको अवस्था संकटग्रस्त बन्दै गएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको आईतबार बसेको बैठकले क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले बताइन ।

देश संघियतामा गएसंगै बिकास निमार्णका कामहरु संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिदै गएको छ । तर सडक, पुल तथा अन्य भौतिक पुर्वधार पुननिमार्णको लागि एकले आर्काेको मुख ताक्ने कारण मर्तत सम्हार समेत हुन ढिलाई हुदै आइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण सडक तथा पुल निर्माणको काम अघि बढन नसकेको भन्दै बिकास समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने बताएका छन । प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा परेका सडक तथा पुलहरुको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसग सहकार्य भईरहेको र त्यस्ता सडक तथा पुलहरुको निर्माण कार्यले छिट्टै गति लिने दाबी गरे ।

केन्द्रिय राजधानी देखि देशैभरको सडक तथा पुल अवस्था दिन प्रति दिन जिर्ण बन्दै जादा पनि एकले अर्काेलाई देखाएर उम्भिने प्रयास भइरहेको छ । नयां पुल बनाउने जिम्मा लिएका ठेकेदारहरु मालामाल भएका छन्, पुल बनेका छैनन् । पुराना पुलको समयमा मर्मतसंभार भएकोछ । लामो सयम देखिको अस्थिर राजनितिको फाइदा उठाउंदै भौतिक पुर्वधार तथा निमार्ण क्षेत्र मर्मत सम्हारको अभावबाट बञ्चित गराइएका छन् ।

तर, अब पनि पुलको अवस्था पहिलेजस्तै हुने हो भने सडक सुधारको काम गफ मात्र हुनेछ । त्यसैले, जिर्ण अवस्थामा रहेका सडक तथा पुलहरुको तत्कान मर्मतका लागि सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ । मर्मत सम्हारको अभावमा नागरिकमा भइरहेको असहजतालाई सरकारले बेलैमा ध्यान दिनु आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

सम्बन्धित

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com