ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास निर्माणको काममा तीन तहका सरकारबीच समन्वयको अभाव, स्रोत, साधन र अधिकार बाँडफाँडमा अझै अलमल


admin
श्रावण १६, २०७६ बिहीबार   १२ : ४३   बजे

देश संघीय संरचनामा गएपनि कतिपय स्रोत, साधन र अधिकारको बाँडफाँडमा अझै पनि सरकार अलमलमा छ । विकास निर्माणका काममा स्थानीय सरकारले आफ्नो मनलाग्दी खर्च गर्दा विकासका पूर्वाधारहरुको सहि निर्माण नभएको विज्ञहरुले बताएका छन् । काठमाडौं उपत्यकाभित्रका महानगरपालिका नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणबीचको विवादले विकास निर्माणकै काममा बाधा उत्पन्न भएको छ ।

मुलुक संघियतामा गएसंगै तीन तहका सरकार बने । संघ, प्रदेश र स्थानिय सरकारका आ–आफ्नो कार्यक्षेत्र र सिमाहरु तोकिएको भएपनि कतिपय राज्य सञ्चालन तथा विकास निर्माणका काममा अझैपनि कसको कार्यक्षेत्र र अधिकारहरु कति भन्ने विषयहरु स्पष्ट हुन सकेको छैन । अस्पष्टतामा काम हुँदा सरकारका विभिन्न तह र निकायविच समन्वय हुन सकेको छैन । समन्वय गरेर गर्नुपर्ने काममा पनि समन्वय नहुँदा कतिपय विकास निर्माणका काम अलपत्र परेका छन् ।

संविधानले स्थानिय तहलाई बलियो बनाएको छ । स्थानीय तहका विकास निर्माणका कामदेखि प्रशासनिक सञ्चालन गर्न समेत स्थानीय सरकारलाई पुरा अधिकार छ । अधिकार दिइएको छ तर त्यस अनुसारको अनुभव र जनशक्ति स्थानीय तहसँग छैन । यता केन्द्रीकृत सरकार हुँदाका संरचनाहरु अझैपनि जिवितै छन् । तिनले कतै काम गर्छन । कतिले गर्दैनन् । कति चाहिँ भुमिका र जिम्मेवारीको माग समेत गरिरहेका छन् । यसैको उदाहरण बनेको छ, स्मार्ट सिटी बनाउने भनेर लागेको काठमाडौं महानगरपालिका र वर्षौदेखि काठमाडौं उपत्यकाको विकासको लागि भनेर गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणबीचको विवाद ।

विकासको काम यतिखेर महानगरपालिकाले थालेको छ । संघ सरकारको मातहतमा रहेको प्राधिकरणसँग कुनै सल्लाह गर्दैन । यी दुई निकायबीच समन्वय नहुँदा काठमाडौँको विकास निर्माणको काम प्रभावकारी तरिकाले अगाडी बढ्न सकेको छैन । साच्चैँ देशको विकास गर्ने हो भने तिनै तहको सरकारबिच समन्वय हुनुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारको आ–आफ्नो तह अनुसार फरक फरक व्याख्या र विश्लेषण हुन्छ । काम हुँदैन । देशकै केन्द्रीय राजधानी रहेको शहरमा ठुला ठुला विकास निर्माणका कामहरु सकिइसक्नुपर्ने हो, यतिखेरसम्म तर महानगरले अन्य निकायसँग समन्वय नगर्ने आफुपनि काम देखाउन नसकेपछि कुनै देखिने खालका काम हुन सकेको छैन । स्थानीय जनताको भावना र चाहाना अनुरुप काम गर्नुपर्ने हुनाले विकास निर्माणका काम सबैको नेतृत्वदायी भुमिका महानगरपालिकाले नै गर्ने महानगरको दाबी छ । प्राविधिक र सबै रुपमा महानगरपालिका सक्षम रहेकोले सबै निर्णय नगरपालिकाको हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल बताउँछन् ।

प्राधिकरणसँग प्राविधिक रुपमा ज्ञान लिएर महानगरले विकास निर्माणको काम अगाडी बढाउँदा हुने हो तर उपत्यकाका महानगरले त काठमाडौं उपत्यका विकास प्राधिकरण खारेजीको लागि माग नै गरेका थिए । स्थानीय सरकार र प्राधिकरणको समन्वय प्रभावकारी नहुँदा विकास निर्माणका काम गर्न नसकिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारी बताउँछन् ।

स्थानीय तहले प्राविधिक अध्ययन, अनुसन्धान र सिपको दायरालाई मध्यनजर गर्दै विकास निर्माणको कामको मापदण्ड र योजना बनाउन केन्द्रीय सरकारलाई नै दिनुपर्ने विज्ञहरु बताउँछन् । स्थानीय तहमा गएको बजेटमा केन्द्रीय सरकारले र्याल चुहाउनु नहुने दुवै मिलेर काम गर्नुपर्ने पूर्वाधारविद डा.सुर्यराज आचार्य ।

संघीयतामा गएपनि स्रोत, साधन र अधिकारको बाँडफाँडमा सरकार अझै अलमल्लिई रहेको छ । अलमलको विषयलाई टुंग्याएर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group