अमेरिका,१० साउन । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ।
अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो ।
महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । बालबालिका र ज्येष्ठ नागरिकको हत्या वा बलात्कारको मुद्दामा दोषी पाइएका उनीहरुलाई जेलमा राखिदै आएको थियो ।उनीहरुले पाएको मृत्युदण्ड आगामी डिसेम्बर र सन् २०२० को जनवरीमा कार्यान्वयन गर्ने मिति तय गरिएको छ ।
न्याय मन्त्रालयको यो घोषणाले राज्यबाट निर्देशित मृत्युदण्डको विरोधका रुपमा संघीय सरकारले जारी राखेको एउटा अघोषित स्थगनलाई हटाइदिएको छ । संघीय सरकारले सन् २००३ मा खाडी युद्धका बेला एक १९ वर्षीय सैनिक ट्रेसी जोय म्याकब्राइडको हत्या आरोपमा ५३ वर्षीय लुइस जोन्स जुनियरलाई मृत्युदण्ड दिएपछि अघोषित रुपमा स्थगन गरेको थियो । सन् १९७२ मा सर्वोच्च अदालतको एउटा आदेशले राज्य र संघ तहका सबै मृत्युदण्डलाई खारेज गरिदिएको थियो । त्यसबेला सर्वोच्चले मृत्युदण्डसम्बन्धी कानुनलाई पनि खारेज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्