रुस, ८ साउन । रुसले चीनसंग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेको बताएको छ ।
त्यसको प्रतिक्रियामा दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरू पठाएका छन् । रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको जनाएको छ । उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ । दक्षिण कोरियाले आफ्नो क्षेत्रमा रुसी विमानहरू प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गरेर चेतावनी दिएको बताएको छ ।
उक्त घटनालाई लिएर जापानले रुस र कोरिया दुवैले विरोध गरेको छ । त्यो घटना दक्षिण कोरियाबाट कब्जा गरिएको तर जापानले पनि दाबी गरिरहेको एउटा टापुमाथि भएको हो ।रू
प्रतिक्रिया दिनुहोस्