ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप एसिया छनोटमा नेपाल कमजोर टोली कतारसँग ४ विकेटले पराजित


एबीसी न्यूज

काठमाडौं , ७ साउन । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाल कमजोर टोली कतारसँग ४ विकेटले पराजित भएको छ । आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो ।

१२३ रनको लक्ष्य कतारले १९।२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । उसका लागि ओपन इनाम उल हकले ४१ रन प्रहार गरेका थिए ।

कतारले विष्टफोटक सुरुवात गरेको थियो । सोमपाल कामीले पहिलो ओभरमै १३ रन खर्चेका थिए । दोस्रो ओभरको पहिलो बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिए । उनले फैसाल जावेदलाई १ रनको स्कोरमै सोमपालको हातबाट क्याच आउट गराएका थिए ।

४।१ ओभरमा कतारले दोस्रो विकेट गुमायो । २ छक्का र २ चौका बनाएर खेलिरहेका कमरान खानलाई करणले आफ्नो स्पेलको पहिलो बलमै आउट गरेका हुन् ।

त्यसपछि सन्दीपले थप २ विकेट लिए । १०औं ओभरमा मोहम्मद तानवीरलाई ११ रनको स्कोरमा आउट गरेका सम्दीपले आफ्नो स्पेलको अन्तिम ओभरमा जाहिर इब्राहिमलाई १२ रनको स्कोरमा शरद भेषावकरको हातबाट क्याच आउट गराए । १२ ओभरको समाप्तिमा कतारको स्कोर ८६–४ थियो ।

त्यसपछिका ३ ओभरमा दीपेन्द्र सिंह ऐरीले २ महत्वपूर्ण रनआउट लिएपछि नेपालले खेलमा फर्कने प्रयास गरेको थियो । उनले १३।३ ओभरमा उलहकलाई रनआउट गरे । उलहकले ३२ बलमा ६ चौका प्रहार गरेका हुन् । त्यसको अर्को ओभरमा कप्तान तामूर सज्जादलाई ९ रनको स्कोरमा रनआउट गरे ।

कतारका मोहम्मद रिज्लान र नाउमन सरवारले सातौं विकेटका लागि अविजित २५ रनको साझेदारी गरी जित दिलाएका हुन् । सरवारले १५ र रिज्लानले ९ रनको अविजित पारी खेले ।

यसअघि इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल खडा गरेको थियो ।

१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए ।

छैटौं ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ८।२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए ।

अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ७ रनमात्र जोड्न सके । औँलाको चोटबाट पुनरागमन गरेका दीपेन्द्रसिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रनको पारी खेले । उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रनआउट हुनुअघि सोमपाल कामीले ११ रन जोडे । नेपालको पुछार क्रमका ब्याट्सम्यानको प्रदर्शन यसपल्ट कमजोर देखियो । विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनाउँदा अविनाश बोहोरा र ललित नारायण राजवंशीले खाता खोल्नै सकेनन् । सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भए ।

अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट खेर फालेको थियो । पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो ।

बलिङमा कतारका इकबाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तमोर साइजादल र नुमन सरवारले पनि २–२ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com