ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसगजामै भारतीय भन्सार र बस्ती, अन्तराष्ट्रिय कानुनको धज्जी


admin
श्रावण १, २०७६ बुधबार  १२ : १५ बजे

सिराहा, १ साउन । सिरहाको लहानदेखि करिब १८ किलोमिटर दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दसगजा क्षेत्रभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दसगजाभित्रै बस्ती समेत बसाइएको छ ।

अन्तराष्ट्रिय कानुनअनुसार दसगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन । दसगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दसगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् ।

जग्गा खाली रहेकाले घर बनाएर बसेको भारतीय नागरिक अजय देवले बताए । ‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दसगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’ आफूहरू वर्षौंदेखि त्यहीँ बसिरहेको बताउँदै उनले सबै गरी करिब १२ वटा घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीको बसोबास छ ।

भारतीय पक्षले साइकल, मोटरसाइकल र चारपांग्रे सवारी नेपालतर्फ पार्किङ गर्दा यताका व्यापारीले सास्ती भोग्नुपरेको यादवले सुनाए । सुरक्षा स्रोतका अनुसार भारतको निकटवर्ती सहर जयनगरमा दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा नेपाल पक्षले सीमाछेउका मदिरा पसल हटाउने तथा भारतीय पक्षले ठाडीसँग जोडिएको दसगजाबाट भन्सार कार्यालय हटाउने सहमति भएको थियो ।

नेपाली सीमाछेउका मदिरा पसल हटाइए पनि भारतीय पक्षले भन्सार कार्यालय अझै हटाएको छैन । भारतीय भन्सारका अधिकारीले भने स्थायी संरचना नभई व्यापारिक कारोबार र जाँचमा सहजताका लागि तत्काललाई छाप्रोबाट काम चलाउने गरिएको बताउँदै आएका छन् । नेपालपट्टिका भन्सार प्रमुख उमेश भट्टराईले दुई देशको सीमा र कूटनीतिका कुरा भएकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com