ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानी सम्भावनाबारे भारतमा छलफल


एबीसी न्यूज
असार २४, २०७६ मंगलबार   ४ : ०७   बजे

 

नयाँ दिल्ली , २४ असार । नेपालमा लगानीको सम्भावनाबारे भारतको नयाँदिल्लीमा छलफल भएको छ । नयाँ दिल्लीमा आयोजित ‘एडभान्डेज नेपाल कन्क्लेभ’मा सहभागी वक्ताहरुले नेपालमा कसरी लगानी बढाउन सकिन्छ भनेर छलफल गरेका हुन् । भारतस्थित नेपाली दूतावास, पीएडची चेम्वर, र सीएनआईको संयोजनमा भएको छलफलमा सन् २०२१ सम्म भारत र नेपाल बीच द्विपक्षीय व्यापार १० बिलियन डलर क्रस गर्ने विश्वास गरिएको छ । दुई अर्थव्यवस्थाको बीच व्यापार र लगानीका आधारमा १० बिलियन डलर पार गर्ने अनुमान गरिएको हो ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत निलम्बार आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो । राजदूत आचार्यले नेपाल र भारतबीचको खुला सिमानाका कारण दुई देशबीचको आपसी सम्बन्ध समाजिक स्तरमा उच्च रहेको जिकिर गर्नुभयो । आचार्यले भारतको तिब्र आर्थिक विकासबाट नेपालले लाभ लिने बताउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालले भारतको पूर्ण सहयोग र समर्थनमा नेपालमा विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतले नेपालको विकासलाई हरतरहले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रममा भारतीय विज्ञहरुले व्यापार र लगानीका अवसरहरु खोज्न नेपाललाई आग्रह गरेका थिए । नेपालेको विकास निर्माणमा सघाउन भारतलाई गरेको निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उनीहरुले नेपालमा लगानीको सुरक्षित वातावरण बन्नुपर्नेमा जोड दिएका थिए । यसरी विचार व्यक्त गर्नेहरुमा पूर्व भारतीय राजदूत केभी राजन, रणजित राय, अतुल मिश्रा, चौधरी गु्रपका निर्वाण चौधरी लगायतका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group