काठमाडौं, १२ असार । मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको बिमानमा बम राखेको खबर आएपछि आकस्मिक रुपमा लण्डन अवतरण गराइएको छ।
मुम्बईबाट न्यूयोर्क उडिरहेको एआई १९१ मा बम राखेको सूचना आएपछि बिहीबार यसलाई आकस्मिक रुपमा लण्डनको स्टैनस्टेड विमानस्थलमा अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। त्यसपछि लण्डनमा बिमानको सुरक्षाजाँच चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्