काठमाडौं, ५ असार । साँफेबगर नगरपालिकाका हाटवजार र एरर्पोट वजारमा सञ्चालनमा रहेका मासु तथा दुध डेरी पसलको अनुगमन गरिएको छ । वुधबार संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलिले गरेको अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । साँफेबगर नगरपालिकाले व्यवसायीलाई मापदण्ड अपनाएर व्यवसाय गर्ने निर्देशन दिएको छ । साँफेबगर नगरपालिको हाटवजार र एरपोर्ट वजारमा सञ्चालित अधिकांस मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । नगरपालिकामा दुई नगरका दुई वटा वजारमा सञ्चालन रहेका १६ वटा मासु पसल र दुई वटा दुध डेरी पसलले विना दर्ता व्यवसाय सञ्चालन गरेको पाइएको छ । अधिकांश मासु पसल दर्ताबिना नै सञ्चालनमा रहेको, दर्ता भएकाहरु पनि नवीकरण नगरेको, अधिकांश मासु पसल फोहर र दुर्गन्धित रहेको, ढक तराजू व्यवस्थित नगरेको, मूल्यसूची नराखेको पाइएको वरिष्ठ पशु चिकित्सक शंकर पाण्डेको भनाई रहेको छ ।
स्थानीय सरकारलाई नगरपालिका भित्रमा सञ्चालित मासु पसल तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालन गरेको जानकारी भएपनि नियमित रुपमा वजार अनुगमन भने हुन सकेको छैन । सार्वजानिक रुपमा गरिने मासु व्यापारले कानुनी मापदण्ड पुरा नगरेकाले पनि स्थानिय तहले ति मापदण्ड विपरितका मासु पसलहरु लाई कानुनी दायरामा लिन सकेको छैन । जसका कारण मासु पसलहरुले व्यापारका नाममा उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको उपभोक्ताको भनाई रहेको छ । स्थानिय प्रशासन तथा स्थानिय तहहरुले मासु पसलहरुको व्यावस्थापनका लागि व्यावस्थापन भन्दा पनि अनुगमनको पाटो लाई मात्रै ध्यानमा राख्दा उपभोक्ताहरुले झिँगा भन्केको मासु खानुपर्ने वाध्यता रहेको छ ।
मापदण्ड विपरित सञ्चालित मासु पसललाई कानुनको दायरा ल्याउनेको लागि आकालझुक्ल नभई महिना दुई पटक अनुगमन गरेर व्यवस्गापनको लागि पहल हुने नगर उपप्रमुख विर्मलादेवि वुड्थापाको भनाई रहेको छ । मासु पसल व्यावस्थापन र उपभोक्तालाई स्वच्छ मासु खुवाउने प्रयासका साथ मासु पसलहरुको अनुगमन र निरिक्षण गरे पनि व्यावसायीहरुको लापरवाहीका कारण मासु पसलहरुलाई उपभोक्ता मैत्री वनाउन सकिएको छैन । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर दोस्रो पटक अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालन भएको पाइए कार्वाही गर्ने चेतावनि दिनुहुन्छ ।
अनुगमन भन्नाले व्यावस्थापन र सुधारका लागि भए पनि अनुगमन पछिल्लो मौसमी नारा बनिरहेकाले उपभोक्ताहरुले अनुगमनको सार्थकता नपाउदा यो समस्या झेल्नु परेको छ । त्यसकारण मापदण्ड विपरित सञ्चालीत मासु पसलले खुलाआम गुणस्तरहिन मासु वेच्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा यसतर्फ स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्