ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिने– सांसद


एबीसी न्यूज
असार ५, २०७६ बिहीबार  १ : ५५ बजे

 

काठमाडौं, ५ असार । प्रतिनिधिसभाका सांसदहरुले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन ।

प्रतिनिधिसभाका सांसदहरु देवप्रसाद गुरुङ, योगेशकुमार भट्टराई र खगराज अधिकारीले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई दिने काम नगर्न सरकारलाई गराउनु भएको हो । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक समेत रहनु भएका गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पनि सो पदार्थको प्रयोग अधिकार निजी क्षेत्रलाई दिन नहुने स्पष्ट पार्नु भयो । उहाँले सो पदार्थको सुरक्षित प्रयोगका लागि आवश्यक अनुसन्धान केन्द्रको स्थापना गर्न पनि सरकारसँग माग गर्नु भयो ।

सांसद योगेशकुमार भट्टराईले जातीय युद्धमा समेत दुरुपयोग हुने भएकाले विनाअध्ययन सो पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखेर सरकारले ती पदार्थहरुको उपयोग गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

अर्का सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रलाई पारमाणविक पदार्थको प्रयोगका लागि स्विकृत नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको भयो । उहाँले पारमाणविक पदार्थको उपयोग जथाभावी गर्नु घातक हुने भएकाले त्यसको प्रयोग सरकारले मात्रै गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

बैठकमा पारमाणविक पदार्थको प्रयोग सुरक्षित र व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टिनको छानोमा बास ः नेकपा सांसद, विक भिडियो

२०८२ एमालेका लागि दुखदः एमाले सांसद हमाल , भिडियो

सम्बन्धित

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com