बुटवल, २३ जेठ
इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख प्रहरी निरीक्षक केशबबहादुर बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको फण्डामा परेकाछन् । आज सांझ एकजना ट्रेक्टर धनीसंग घुस लिंदा लिंदै निरिक्षक बस्नेतलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका सुचना अधिकारी शुरेस भुसालले बस्नेतलाई बेलुका कार्यालयबाटै नगद १५ हजार घूससहित नियन्त्रणमा लिएको पुष्टि गरे ।
प्रहरीले २ दिन अघि जबर्जस्ती पक्राउ परेको ट्याक्टर छाडिदिने भन्दै ट्याक्टर धनीसँग घूस लिँदै गर्दा अख्तियार टोलिले इलाका प्रहरी कार्यालय मुर्गियामा छापा मारेको थियो । दुईहप्ता अघि शुद्धोधनस्थित तिनाउ नदीमा लगाइएको ठेक्काबाट पैसा तिरेर बालुबा लिएर फर्कँदै गरेको ट्याक्टर अवैध तरिकाले खोला उत्खनन् गरेर ल्याएको आरोप लगाउंदै प्रहरीले नियन्त्रणमा लिएको थियो। ट्याक्टर धनी सन्तराम लोधले किनेर ल्याएको भन्दै रसिद देखाउँदा पनि प्रहरीले ट्याक्टर पक्राउ गरेको थियो ।
१५ हजार दिने सहमति गरेका लोधले अख्तियारलाई खबर गरेर पैसा दिन प्रहरी कार्यालय पुगेका थिए । पैसा दिएर लोध निस्के लगत्तै अख्तियार टोलीले इप्रकामा छापा हानेको थियो।



















प्रतिक्रिया दिनुहोस्