ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीका अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित


admin
जेष्ठ २२, २०७६ बुधबार  १० : ३७ बजे

 

बेनी, २२ जेठ । म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरियो । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो ।

उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गर्नुभएको थियो ।

जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

जिसस प्रमुख केसीले छुवाछूतलाई कानूनी रूपमा हटाइए पनि व्यवहारिक कार्यान्वयनका भने लागि सरोकारवालाले समाजमा जनचेतना फैलाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व सभासद एवं नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली काङ्ग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीलगायतले जातीय विभेद सामाजिक अपराध हुने भएकाले दोषीमाथि कानूनबमोजिम कारवाही हुनेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com