ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटले समृद्धिलाई जोडेको छः मन्त्री राई


admin
जेष्ठ २१, २०७६ मंगलबार  १० : ३४ बजे

काठमाडौं,२१ जेठ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखी भएको बताउनुभएको छ । ‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी’ले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय उद्यानको उद्घाटन गर्दै उहाँले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताउनुभयो ।

“अब ढिलासुस्ती सरकारलाई मान्य हुँदैन”, उहाँले भन्नुभयो, “सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ । बजेटले देशको समृद्धिलाई जोडेको छ, कार्यान्वयनमा सरकार दृढ छ ।” मन्त्री राईले मुलुकको विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताउनुभयो । ‘

समृद्ध नेपाल सुखी नेपाली’का लागि निजी क्षेत्रको लगानी अपरिहार्य भएको उहाँको भनाइ थियो । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गरी कोहलपुर चौराहामा रु ५० लाखको लागतमा उद्यान निर्माण गरेको हो ।

पूर्व–पश्चिम राजमार्ग तथा नेपालगञ्ज–सुर्खेत राजमार्गको मुख्य केन्द्र रहेको सो उद्यानमा विभिन्न पूर्वाधार तयार गरिएका छन् । उद्यान १७ हजार ५०० वर्गफिटमा फैलिएको छ । उद्यानको बीचमा बाघको प्रतिमा राखिएको सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताउनुभयो ।

नियमित मर्मत सम्भारको अभावमा जीर्ण बनेको उक्त उद्यानलाई व्यवस्थित गर्नका लागि सिद्धार्थ विजनेश गु्रपले नगरपालिकासँगको सहकार्य गरी १५ वर्षसम्म सञ्चालनको अनुमति पाएको छ । साझेदारी गरेर अघि बढ्ने उद्देश्यले निर्माणसँगै सञ्चालनको जिम्मा सिद्धार्थ विजनेश ग्रुपलाई दिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com