ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको गृहमन्त्रीको जिम्मेवारी अमित शाहलाई


admin
जेष्ठ १८, २०७६ शनिबार  ४ : ४७ बजे

एजेन्सी,१८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिनुभएको छ ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत हुनुभएका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रुपमा गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको अधिकारीले बताएका छन् । गृहमन्त्रीका रुपमा शाहलाई विषेश गरेर आतङ्कवाद, माओवादी द्वन्द्व र काश्मिर समस्या मुख्य चुनौतीका रुपमा रहेका छन् ।

उहाँले अर्का प्रभावशाली नेता राजनाथ सिंहको ठाउँमा अहिले जिम्मेबारी पाउनुभएको हो । प्रधानमन्त्रीका रुपमा मोदीको पहिलो कार्यकालमा सिंह गृह मन्त्री रहनु भएको थियो । नयाँ गृह मन्त्रीको जिम्मेबारी पाउनु भएका शाह भारतमा अनुभवी र परिपक्व नेताका रुपमा चिनिनुहुन्छ ।

यसअघि सन् २०१४ मा पार्टीले भारी मत ल्याउदा उहाँ उत्तर प्रदेशको पार्टी प्रमुख हुनुहुन्थ्यो । त्यति बेला कुल ८० सिटमा भाजपाको गठबन्धनले ७३ सिटमा जित हासिल गरेको थियो । अहिले भने उहाँ केन्द्रीय निर्वाचन प्रचारप्रसार अभियानको मुख्य नेतृत्वकर्ता हुनुहुन्थ्यो ।

देशभरी अहिले भाजपाले ३०३ सिट जित्नुमा उहाँको ठूलो भूमिका रहेको मानिन्छ । भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि अहिले नयाँ सरकार बनेको हो । नयाँ कार्यकालका लागि प्रधानमन्त्री मोदीसहितका मन्त्रीहरुले गत बिहीबार सपथ ग्रहण गर्नु भएको थियो । सपथग्रहण समारोहमा स्वदेशीसहित विदेशी विशिष्ट पाहुनाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com