ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भद्रपुर एग्रो राइस मिलमा आगलागी, दुई करोडको क्षति


admin
जेष्ठ १८, २०७६ शनिबार  ४ : ०६ बजे


झापा,१८ जेठ । भद्रपुर ६ स्थित भद्रपुर एग्रो राईस मिलमा शनिवार विहान आगलागी हुदाँ करिब दुई करोड बढीको क्षति भएको छ ।

व्यवसायी सन्तोष र राजेश गुप्ताले भर्खरै सञ्चालनमा ल्याएको राईस मिलमा आगलागी हुदाँ मेसिनरी सामान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । शनिवार बन्द रहेको राईस मिलमा विहान साढे ९ बजे एक्कासी आगलागी भएको थियो ।

उद्योग बन्द रहेकोले मानविय क्षति नभएपनि उद्योगका केहि मेसिनरी सामान पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागी विद्युत चुहावट भई लागेको प्रारम्भिक अनुसंन्धानबाट खुल्न आएको उनले बताए ।

मिलमा लागेको आगलागी भद्रपुर नगरपालिकाको दुई वटा र बिर्तामोड नगरपालिकाका एउटा दमकलले एक घण्टामै नियन्त्रणमा लिएको थियो । राइस मिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकोले आगो नियन्त्रणका लागि प्रहरीले ठूलै जनशक्ति परिचालन गरेको थियो ।

यता स्थानीयका अनुसार बन्द उद्योग रहेपनि वलडिङ मिस्त्रीहरु रड तथा टिना लगाउने काम गर्दै आइरहेको बताए । सोही वलडिङ मेसिनबाट विद्युती सर्ट भई आगो लागेको हुनु पर्ने स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com