ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतासँग सम्बन्ध सुधार नगरे पार्टी झन् कमजोर : नेता सिंह


admin
जेष्ठ १८, २०७६ शनिबार  ३ : ३४ बजे

 

काठमाडौं,१८ जेठ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउनुभएको छ । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उहाँले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताउनुभयो ।
“अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले पूरा गरे पनि जनताले किन काङ्ग्रेसलाई विश्वास गर्न सकेन”, उहाँले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताउनुभयो ।
पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उहाँको भनाइ थियो । उहाँले पार्टीलाई सङ्घीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गर्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले सङ्घीयता कमजोर पार्न खोजेको आरोप लगाउनुभयो । सरकारले भर्खरै प्रस्तुत गरेको बजेट सङ्घीयता मजबुत बनाउने खालको नभएको उहाँको जिकिर छ । काङ्ग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरासियाले पार्टीलाई बलियो बनाउन पार्टीले विधानको पालना गर्नुपर्ने बताउनुभयो ।
जागरण अभियानलाई गाउँ गाउँसम्म लैजानुपर्ने उहाँको भनाइ थियो । उहाँले वर्तमान सरकार जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । काङ्ग्रेस रौतहटका सभापति कृष्ण यादवले काङ्ग्रेस नेतृत्वले जागरण अभियानमार्फत आएका सुझावलाई आत्मासाथ गरेर अगाडि बढेमात्र भविष्यमा काङ्ग्रेसको सङ्गठन बलियो हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com