ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति, समाज, दर्शन र प्रेमका १०८ कविता सहित आए न्युरो सर्जन डा. यमबहादुर रोका


admin

डा. यमबहादुर रोका पेसाले न्युरो सर्जन हुन् । विराटनगरमा कहलिएका यी डाक्टरले अब परिचय बदलेका छन्– कवि रोका बनेर । उनको पहिलो कविता कृति ‘वान हन्ड्रेड एट पोइम्स’ को पहिलो शृंखला बिहीबार राजधानीमा विमोचन गरिएको छ ।

 

पत्रकार सम्मेलन ढाँचामा गरिएको विमोचनका प्रमुख वक्ता उनी नै थिए । उनले सानैदेखिको आफ्नो कविता लेखनको सौखलाई यथार्थमा बदलेको बताए । कितावको विमोचन कविकी आमा मेनकुमारी रोकाले गरिन् । उनले आफ्नो डाक्टर छोराले अंग्रेजी कविता लेखेको पाउँदा आफू गदगद भएको बताइन् ।

‘कविता दिमागले होइन, मनले लेखिन्छ’, डा. रोकाले भने, ‘उपचारपछिको सन्तुष्टि, विरामीको अनुहारको मुस्कानजस्ता अवस्था कविताका मलिला वातावरण हुन् ।’ उनले १०८ को सम्बन्ध विभिन्न धर्म हुँदै विज्ञानसम्म भएकाले आफूले पहिलो माला उनेको बताए । यही नामको चार शृंखलामा पुस्तक निकाल्ने आफ्नो योजना पनि उनले सुनाए । उनले कवितामा राजनीति, समाज, दर्शन, प्रेमजस्ता विविधतायुक्त पाटो समेटेका छन् ।

 

पुस्तक पिस बुक प्रालिले प्रकाशन गरेको हो । अध्यक्ष पार्वती भण्डारीले प्रकाशनको ‘बोहोनी’ डाक्टरको अंग्रेजी कविताबाट गर्न पाएकामा खुसी व्यक्त गरिन् । साथै, पिस बुकलाई मूलधारमा तीव्रतासाथ लैजाने घोषणा पनि गरिन् ।

लेखनकुञ्जका अध्यक्ष कमल ढकालले डाक्टर साहित्यमा आउनु यस क्षेत्रका लागि गर्वको विषय रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com