ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र दिवसमा खुला दौड प्रतियोगिता


एबीसी न्यूज
जेष्ठ १५, २०७६ बुधबार   ६ : २६   बजे

गणतन्त्र दिवस २०७६ को अवसरमा आज पोखरामा खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । सृजना विकास केन्द्र पोखराको आयोजनामा भएको आठ किलोमिटर दौडमा देवराज बस्नेतले २४ मिनेट ४९ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरी नगद पुरस्कार रु १० हजार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरी सशस्त्र प्रहरीका ओमबहादुर जिसीले २७ मिनेटमा दौड पूरा गरी द्वितीय भई नगद रु सात हजार, तथा स्यालुट गोर्खा टे«निङका रिनाजन बुढामगर र टेकेन्द्र बोहोराले क्रमश ः तृतीय तथा सान्त्वना स्थान हासिल गरी क्रमशः नगद रु पाँच हजार तथा तीन हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक विक्रमकुमार खिचाजुले बताउनुभयो ।
सिर्जनाचोकबाट शुरु भएको दौड सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोक हुँदै सिर्जनाचोकमा पुगेर समापन भएको थियो । सो प्रतियोगितामा ७४ जनाको सहभागिता रहेको संयोजक खिचाजुले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाले देशमा गणतन्त्र स्थापना भई संविधान निर्माण तथा स्थिर सरकार बनेकाले अब विकास र समृद्धिमा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सामाजिक सङ्घसंस्थाहरुले पनि सरकारले लिएको विकास र समृद्धिको अभियानमा साथ र सहयोग पु¥याउनुपर्ने भनाइ उहाँको छ । संस्थाका कार्यवाहक अध्यक्ष इन्द्र पौडेलले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले ऐतिहासिक दिनको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group