ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र दिवसमा खुला दौड प्रतियोगिता


एबीसी न्यूज

गणतन्त्र दिवस २०७६ को अवसरमा आज पोखरामा खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । सृजना विकास केन्द्र पोखराको आयोजनामा भएको आठ किलोमिटर दौडमा देवराज बस्नेतले २४ मिनेट ४९ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरी नगद पुरस्कार रु १० हजार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरी सशस्त्र प्रहरीका ओमबहादुर जिसीले २७ मिनेटमा दौड पूरा गरी द्वितीय भई नगद रु सात हजार, तथा स्यालुट गोर्खा टे«निङका रिनाजन बुढामगर र टेकेन्द्र बोहोराले क्रमश ः तृतीय तथा सान्त्वना स्थान हासिल गरी क्रमशः नगद रु पाँच हजार तथा तीन हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक विक्रमकुमार खिचाजुले बताउनुभयो ।
सिर्जनाचोकबाट शुरु भएको दौड सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोक हुँदै सिर्जनाचोकमा पुगेर समापन भएको थियो । सो प्रतियोगितामा ७४ जनाको सहभागिता रहेको संयोजक खिचाजुले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाले देशमा गणतन्त्र स्थापना भई संविधान निर्माण तथा स्थिर सरकार बनेकाले अब विकास र समृद्धिमा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सामाजिक सङ्घसंस्थाहरुले पनि सरकारले लिएको विकास र समृद्धिको अभियानमा साथ र सहयोग पु¥याउनुपर्ने भनाइ उहाँको छ । संस्थाका कार्यवाहक अध्यक्ष इन्द्र पौडेलले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले ऐतिहासिक दिनको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

टी-२० त्रिकोणात्मक सिरिज: दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

कीर्तिमानी खेलको तेस्रो सुपर ओभरमा नेपाल पराजित

टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली

फिफा क्लब विश्वकपमा पेरिस सेन्ट जर्मेनले एट्लेटिको म्याड्रिडलाई हरायो

टी–२० सिरिज: नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

विश्व टेस्ट च्याम्पियनशिप : अस्ट्रेलिया दुई सय २८ रनले अगाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com