ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमा विप्लवको बन्दले जनजीवन प्रभावित, विभिन्न स्थानमा शंकास्पद वस्तु


admin

काठमाडौ,१३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण आज बिहानै देखि पुर्वमा जनजीवन प्रभावित भएको छ ।

लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बन्दका कारण जनमानसमा अन्यौलता सिर्जना भएको छ । धरान देखि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन कुनै पनि चलेका छैनन् ।

बन्दको क्रममा धरान विराटनगर सडक खण्डको तरहराको पानीपिया देखि केही मास्तिर शंकाष्पद बस्तु राखिएको थियो । दुईवटा झोलामा राखिएको सो वस्तुलाई नेपाली सेना बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी समिरचन्द्र खरेलले जानकारी दिनुभयो । यसैविच उता मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् ।

विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान प्रेसर कुकर जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा पनि कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै सो बम फेला परेको हो । बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि आज विप्लव माओवादीले बन्द आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।यसरी पुर्वका विभिन्न ठाउमा शंकास्पद वस्तु राखे पछि पुर्वमा पनि जनमानसमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com