ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिडी, डिभिडी र मोबाइलका कारण सिनेमाघर बन्द


admin

सिरहा, १२ जेठ । सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका प्रायःसबै सिनेमाघर बन्द भएका हुन्।

विगत एकदशक अघिसम्म जिल्लामा एक दर्जन सिनेमा घर सञ्चालनमा रहे पनि अहिले जेनतेन एउटा मात्र सञ्चालनमा छ । लहानमा सञ्चालित पशुपति सिनेमा चलचित्र मन्दिरबाहेक अधिकांश सिनेमा घर बन्द भइसकेका छन् ।

सूचना र प्रविधिको विकासले अहिले सिनेमाघर बन्द हुँदा करोडौँ रुपैयाँ घाटा भएको सिनेमा घर सञ्चालकले बताएका छन् । एकदशक अघिसम्म सिरहामा आधादर्जन सिनेमा घर सञ्चालित थिए । सिनेमाघर बन्द रहँदा करोडौँ मूल्य बराबरको सम्पत्ति प्रयोगविहीन हुनाका साथै भवनसमेत जीर्ण भएका छन् । नयाँ चलचित्र शुभारम्भ गर्नासाथ बजारमा त्यसको सिडी र डिभिडी उपलब्ध हुने भएकाले पनि चलचित्र घरसम्म पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या अहिले निकै कम भइसकेको छ ।

लहानस्थित श्याम चलचित्र मन्दिरका सञ्चालक नीरज गुप्ताले भन्नुभयो, “बिस्तारै बिस्तारै सिनेमाप्रति सर्वसाधारणका चाहना घट्दै गएको छ । पहिलापहिला सिनेमा हलमा दर्शकको भीड हुन्थ्यो अहिले त विरलै हल भरिने गरेको छ ।

” सर्वसाधारणको चलचित्रप्रति चाहना घट्दै गएकाले सिनेमाघर सञ्चालन गर्न समस्या भइरहेको गुनासो गर्दै उहाँले जोड दिनुभयो, “दर्शक कम भएपछि लगानीको अनुपातमा आम्दानी कम हुन्छ, लगानी बढी हुने भएकाले हल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।”

बजारमा सस्तो मूल्यमै पाइने सिडी, डिभिडी र मोबाइलमा विभिन्न किसिमका फिल्म हेर्न पाइहाल्छ, अनि किन सिनेमा हेर्न सिनेमा हल जानुप¥यो?” स्थानीयवासी सत्यनारायण चौधरी भन्नुहुन्छ, “अब तीन घण्टासम्म सिनेमाघर बसेर सिनेमा हेर्नुपर्ने बाध्यता टरेर गएको छ ।

घरमै बसेर जतिखेर पनि इच्छा लागेको फिल्म हेर्न पाइहालिन्छ नि ।” बजारमा तीन–चार हजारसम्ममा पाइने सिडी, डिभिडी भाडामा पाइने भएकाले सिनेमाघर जानुपर्ने बानी छुटिसकेको जानकारी दिँदै उहाँ बताउनुहुन्छ, “थोरै पैसामा सबै परिवार एकै ठाउँमा बसेर फिल्म पनि हेरिहालिन्छ, समयको पनि बचत हुन्छ, यसैले सिनेमा हलमा पुगेर सिनेमा हेर्ने बाध्यता अहिले छैन । ”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com