ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते


admin

काठमाडौ,१२ जेठ । दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको जानकारी दिनाका साथै उनीसहित अवैधरूपमा भरुवा बन्दुक प्रयोग गर्ने अन्य दुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

निजहरुले प्रयोग गरेको तीन भरुवा बन्दुक पनि बरामद गर्नाका साथै उक्त कार्यमा संलग्न सोही ठाउँका ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सूर्यबहादुर चेपाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घाइते चेपाङको बन्दुक खाली रहेको र अन्य दुई बन्दुक भरिएको अवस्थामा भेटिएको बताउनुभयो । दाहिने खुट्टाको घुँडामा गोलीको छर्रा लागेका घाइते चेपाङलाई थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको उहाँले बताउनुभयो ।

निजहरुले सो वन क्षेत्रमा बँदेल, जरायोलगायत जनावरको शिकार गर्ने गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुनुपर्ने माग सहित मुद्दा दर्ता गर्न लागिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ मृत फेला पूर्वी चितवनको कालिका नगरपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । कालिका नगरपालिका वडा नं १ स्थित नौ नम्बर टोल बस्ने अन्दाजी ४७ वर्षीय कुमारसिंह श्रेष्ठ आफँै सुतेको खाटमा मृतावस्थामा फेला परेका हुन् । घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार मृत्युको कारण खुलिसकेको छैन मृतक माइला छोरा र बुहारीसँगै बस्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com