ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको आयस्रोत नबढेसम्म देश विकास हुँदैन: मन्त्री नरदेवी पुन मगर


admin

काठमाडौ,११ जेठ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले पोखरामा उद्यमी महिलासँग गरेको उद्यमशीलता विकास सम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा उहाँले उद्यमीहरुले उत्पादन गरेका वस्तुको बजार विकासलाई सरकारले व्यवस्थित गर्नुपर्ने मुख्य चुनौती खडा भएकाले अव बन्ने बजेट महिलाको हितमा आउनुपर्नेमा जोड दिनुभयो ।

महिला हिंसा विरुद्ध हुने विभिन्न किसिमका गतिविधिको अन्त्य र निराकरण गर्नका लागि महिलाको आर्थिक सवलताको पाटो पनि बलियो हुनुपर्नु उहाँको भनाइ थियो । राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले महिलालाई अग्रसर बनाउन आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको नारालाई सार्थक बनाउन महिलाको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । उद्यमशिलतामा अगाडि बढ्नका लागि आइपरेका अप्ठ्यारालाई कसरी समाधान गर्ने र निकास निकाल्नका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने उहाँको भनाइ थियो ।

राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत मीरा शेरचनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उद्यमी महिलाका लागि भएका नीति, नियम र व्यवस्थाका बारेमा जानकारी गराउनुभयो । महिला उद्यमी रामकली खड्काले उद्यमशीलताको क्षेत्रमा महिलालाई राज्य विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

हस्तकलादेखि कृषि क्षेत्रमा रहे तापनि उत्पादित कृषिजन्य वस्तु भण्डारण गर्न उचित स्थान नहुँदा मेहनत खेर गइरहेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका शाखा प्रबन्धक ओमप्रकाश पोखरेलले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान तथा महिलाका लागि व्यवस्था गरिएको मौद्रिक नीतिबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका करीब ५० महिला उद्यमीको सहभागिता रहेको थियो । अन्तक्र्रिया कार्यक्रमका सहभागीले आफूले उत्पादन गरेका वस्तुको प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com