ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा,जनजीवन कष्टकर


admin
जेष्ठ ८, २०७६ बुधबार  ११ : ५६ बजे

सोलुखुम्बु,८ जेठ । १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।

कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ । जेठ ५ गते सम्पन्न गर्ने कार्यतालिका भए पनि आजसम्म मर्मत कार्य सकिएको छैन ।

मौसम प्रतिकूल भएका कारण निर्धारित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम अनुकूल भए बिहीबार दिउँसोदेखि विद्युत् सेवा सञ्चालन हुनेछ । सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न कामसमेत सकिएकाले चाँडै विद्युत् बल्ने सम्भावना रहेको उपमहाप्रबन्धक मास्केले बताउनुभयो ।

छ सय किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनवेँसीलगायतका क्षेत्रमा विद्युत् वितरण गर्दै आएको छ ।

सममायनै विद्युत् सेवा सञ्चालन नहँुदा यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनका लागि वैकल्पिक व्यवस्था गरिएको भए पनि लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको सल्लेरीका शिक्षक भोजकुमार अधिकारीले बताउनुभयो । यही समयमा कक्षा ११ को परीक्षा परेको हुँदा विद्यार्थीलाई अध्ययन गर्नसमेत समस्या भएको छ । अन्धकार सल्लेरीमा परीक्षा दिन आएका विद्यार्थीले परीक्षानै प्रभावित भएको बताएका छन् ।

विद्यार्थी सङ्गीता कार्कीले भन्नुभयो, “चार्जवाला बत्ती भए पनि लामो समय टिक्दैन, गाउँबाट आएका विद्यार्थीलाई केही थाहा पनि हुँदैन, नपढीकन परीक्षा दिन बाध्य भएका छाँै ।” विद्युत् नहुँदा जेनेरेटर सञ्चालन गरेका पसलमा महँगो शुल्क तिरेर मोबाइलसहित विद्युतीय सामग्री चार्ज गर्नुपर्ने बाध्यता छ । प्रति मोबाइल रु ३० सम्म तिर्नुपर्ने मोबाइलफोन प्रयोगकर्ताले बताएका छन् ।

यता रु पाँच मा फोटोकपी गर्ने गरिएको भए पनि अहिले रु १० तिनुपर्ने बाध्यता रहेको स्थानीय चोलामाया राईले बताउनुभयो । विद्युत्को भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा सञ्चार सेवासमेत प्रभावित बनेको छ ।

टेलिफोन, इमेल इन्टरनेटले समेत राम्रो काम गरेको छैन भने जिल्लामा सञ्चालित एफएम रेडियोले नियमित कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । विद्युत् तथा इमेल इन्टरनेटसमेत नहँुदा लघुवित्तको कारोवारसमेत प्रभावित बनेको छ । स्वदेशी लघुवित्तका शाखा प्रमुख प्रेमबहादुर बस्नेतले महँगो शुल्क तिरेर जेनेटर प्रयोग कर्ता कहाँ गएर सेवा सञ्चालन गरिएको बताउनुभयो ।

जिल्लामा सञ्चालित सरकारी कार्यालयले जेनेरेटरको प्रयोग गरी सेवा सञ्चालन गरिरहेका छन् । कतिपय कार्यालयमा वैकल्पिक व्यवस्था नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन् । जिल्ला नापी कार्यालयमा फिल्डबुक उत्तार गर्न आउनुभएको तिङ्लाकी होमाकुमारी भुजेलले रित्तो हात फर्कनुपरेको गुनासो गर्नुभयो । भुजेलजस्तै अन्य थुप्रै सेवाग्राही सेवा नलिई फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com