ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैर आवासीय नेपालीको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना


admin

नवलपरासी, ३० असोज । गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल थालिएको छ ।

लिभर फाउण्डेसन नेपालको अगुवाइ र विश्वभर रहेका फाउण्डेसनको शाखामार्फत आर्थिक सहयोग जुटाइ नेपालमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो ।

मिर्गाैलाको समस्याका कारण कुनै पनि नेपालीले समयमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त केन्द्र स्थापनाका काम अघि बढाइएको फाउण्डेसनका अध्यक्ष उमेशजंग रायमाझीले जानकारी दिनुभयो ।

सहयोगका लागि विश्वभर रहेका गैर आवसीय नेपाली सहयोगका लागि तयार भएकाले सम्बन्धित देशका आफ्नो शाखामार्फत सहयोग संकलन गर्ने योजना फाउण्डेसनको छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि अमेरिकामा रहेका नेपालीबाट सहयोगको अभियान थालनी गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले जानकारी दिनुभयो ।

मिर्गाैलाको समस्याबाट पीडित पmाउण्डेसनका अध्यक्ष रायमाझीको भारतमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा सुधार आएपछि उहाँ यो सामाजिक अभियानमा लाग्नुभएको हो ।
नेपालमा मिर्गाैलाको सबै प्रकारको उपचार गर्ने सुविधा सम्पन्न अस्पतालसहितको मिर्गाैला प्रत्यारोपण केन्द्र नभएकाले अध्यक्ष रायमाझीले अब कुनै पनि नेपालीमा देखिने मिर्गाैला रोग सम्बन्धी समस्या समाधानका लागि सो कार्यको थालनी गरिएको जानकारी दिनुभयो ।

मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि केही गैर आवासीय नेपालीले रु ६ लाख भन्दा बढी रकम सहयोग गरिसकेका छन् । अमेरिका निवासी एनआरएन अध्यक्ष पौडेलबाट रू एक लाख, डा राजेश पोखरेलबाट रू एक लाख, विश्व आर्दश पण्डितद्वारा ५० हजार, कृष्ण लामिछानेबाट रू ५० हजार, धर्म भट्टराईबाट रू ५० हजार, कृष्ण लामिछानेबाट रू ५० हजार, विष्णु शाहाबाट रू ५० हजार, बुद्धिसागर सुवेदीबाट रू ५० हजार, पोर्चुगल निवासी कृष्ण दमालबाट रू ५० हजार, जापान निवासी कपिलदेव थापाबाट रू एक लाख र बेल्जियम निवासी सीता सापकोटाबाट रू ५० हजार उपलब्ध भएको थियो

सो अभियानका मुख्य अभियान्ता बस्नेतसहित अन्य अभियान्ता नेपाली काँग्रेसका नेताद्वय धनराज गुरुङ, प्रदीप पौडेल र एनआरएन अमेरिका अध्यक्ष पौडेल लगायतले नेपालमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना हुनुमा राष्ट्रकै गौरव भएकाले सबैले मिलेर केन्द्र छिट्टै स्थापना गर्नुपर्नेमा जोड दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत

मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com