ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदीको जेलमा रहेको भुसाललाई जेलमुक्त गराउन रकम संकलन अभियान


admin
आश्विन ३०, २०७४ सोमबार   १ : ०१   बजे

नवलपरासी, ३० असोज ।  झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ ।

उनलाई मुक्त गराउन साउदीको डेढ लाख रियल लाग्ने भएको छ । उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनु पर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी अझै छुट्न सकेको छैन ।

त्यसका लागि नवलपरासीमा रकम संकलन अभियान थालिएको आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामी परियोजनाले जनाएको छ । प्रवासी मञ्चको सहयोगमा काठमाडौँ र साउदीमा पनि रकम संकलन जारी छ ।

सोही क्रममा नवलपरासीमा पनि संकलन अभियान थालिएको सामी परियोजना कावासोतीले जनाएको छ । नवलपरासीमा अहिलेसम्म रु २१ हजार २०० संकलन भएको सामी मनोसमाजिक परामर्श कर्ता आप्रवासी कामदार हकहित संरक्षण मञ्चका सदस्य शुभ रानाले बताउनुभयो ।

१० मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारको दक्षिणतर्फको गाउँबाट रु १३ हजार ९१० संकलन भएको छ । थानेश्वरलाई लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।

उनले चलाएको टिपरमा एउटा सवारीसाधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारीसाधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को सवारीसाधनमा रहेका गरी दुई जनाको ज्यान गएको थियो ।

थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटना पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीको साहुले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताउनुभयो ।

पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी साढे तीन वर्षदेखि जेलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

गृह मन्त्रालयको बजेटमा आधा कटौती, रक्षाको बढ्यो

सम्बन्धित

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर जनतालाई, सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब

सदनमा प्रचण्डको सम्बोधन: हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ (सम्बोधनको पूर्णपाठ)

‘फेसबुकको सरकार’ ‘यमदूतजस्तो राज्य’ : आङ्देम्बे (सम्बोधनको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group