ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी बजेटमा सुदूरपश्चिम ‘सुदूर नहोस्…


admin

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभा, अर्थ समितिले मुलुकका विभिन्न भागमा पुगेर गरेको प्रि–बजेट छलफलमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रका सम्बन्धमा प्राप्त सुझाव समेटिएको प्रतिवेदन स्वीकृत गरेको छ ।

समितिको आजको बैठकले पारित गरेको २२ बुँद्दे उक्त प्रतिवेदनमा आगामी बजेटले दिनुपर्ने प्राथमिकता, सार्वजनिक खरीद कानूनको संशोधन, बजेट व्यवस्थापन, आयोजना व्यवस्थापन, उद्योग प्रवर्द्धनसम्बन्धी विषयवस्तु समेटिएको छ ।

समितिले प्रश्नावली बनाएर केन्द्रसहित मुलुकका ११ स्थानमा गरेको छलफलमा आएको सुझावलाई समेटेर प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा कृषिको रुपान्तरण, राजश्व व्यवस्थापन, पूर्वाधार विकास, भ्रष्टाचार नियन्त्रण र वित्तीय अनुशासन, सेवा प्रवाह, रोजगारी सिर्जना र श्रम व्यवस्थापन, अनुदान र राजश्व बाँडफाँटमा देखिएका समस्या र समाधानका लागि चाल्नुपर्ने आवश्यक कदम सम्बन्धमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारको क्षमता विकास, अन्तर सरकार समन्वय र साझेदारी, बजार अनुगमन, सुपथ मूल्य पसल सञ्चालन, शिक्षा र अनुसन्धान, सहकारी क्षेत्र व्यवस्थापन, तथ्याङ्क सङ्कलन र व्यवस्थापन, स्वास्थ्य क्षेत्र र औषधि वितरणका विषयलाई आगामी बजेटमा प्राथमिकताका दिन समितिले प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिएको छ ।

बैठकमा प्रतिवेदनमाथि टिप्पणी गर्दै सांसद निरा जैरुले भन्नुभयो, “यसपटकको बजेट पनि सुदूरपश्चिमका लागि सुदूर नहोस्, बजेट सिद्धान्तमा मात्र होइन, सामाजिक न्यायमा आधारित हुनुपर्छ भनेर सुझाव दिनुपर्छ ।”

बैठकमा सभापति कृष्णप्रसाद दाहालले समितिले स्वीकृत गरेको प्रतिवेदन प्रतिनिधिसभाको आगामी बैठकमा पेश गरिने जानकारी दिनुभयो । पूर्वअर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा रहेको टोलीले मुलुकका विभिन्न भागमा पुगेर प्रि–बजेटका सम्बन्धमा सर्वसाधारण, उद्योगी, व्यापारी, स्थानीय तह, प्रदेश र सघीय संसद्का जनप्रतिनिधिसँग छलफल गरी राय सुझाव सङ्लन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com