
अछाम ४, जेठ । अछामको मंगलसेन नगरपालिका वडा नं. ५ स्थित नगरपालिका कार्यालयको परिसरमा पार्किङ गरी राखिएको गाडी माथि आगजनी गर्ने दुई जवनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ३१ गते राती २ बजे कार्यालयको बा.२ झ.३६९४ नं.को फोर्ड कम्पनी इन्डोभर गाडीमा आगजनी गरी नष्ट गर्ने कार्यमा संलग्न मंगलसेन नगरपालिका वडा नं.१ कुन्तिबण्डालीका १९ बर्षका दिपेन्द्र जैगडी र सोही ठाउँ बस्ने १९ बर्षका एकेन्द्र राज नाथलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ ।
पक्रउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि कार्यमा प्रहरी परिचालन भईरहेको पनि जनाईएको छ ।








प्रतिक्रिया दिनुहोस्